विश्व सोतोकान च्याम्पियनसिपमा नेपाली खेलाडी

विश्व सोतोकान च्याम्पियनसिपमा नेपाली खेलाडी


गणतन्त्र माल्दोभा राज्यको चिसिनाउ शहरमा आयोजना हुने २६औँ गिनसिन फुनाकासी विश्व सोतोकान (एसकेडीयूएन) च्याम्पियनसिप तथा ११औँ कोहाई विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ७ सदस्यीय नेपाली सोतोकान टोलीलाई असोज २३ गते मंगलबार अध्यक्ष धिर्जेमान तामाङले बिदाइ गरेका छन् ।

संघका महासचिव गोविन्द श्रेष्ठको नेतृत्वमा विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीमा एक अफिसियल र ६ खेलाडी रहेका छन् । महासचिव श्रेष्ठले च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गर्नेछन् । उनले ६० केजीमुनिको तौलमा प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा विष्णुभाइ श्रेष्ठ रहेका छन् । यस्तै खेलाडीहरूमा रामनारायण श्रेष्ठ ५० केजीमुनि, लाक्पा लामा पाख्रिन ६० केजीमुनि, ७० केजीमुनिमा चित्रप्रसाद श्रेष्ठ र जलबहादुर थापा मगर तथा ७५ केजीमुनिमा फुर्पा लाक्पा शेर्पा रहेका छन् ।

च्याम्पियनसिप अक्टोबर १२ देखि १४ सम्म सञ्चालन हुनेछ । टोली असोज २४ गते बुधबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।