सोतोकान करातेमा निशा गुरुङ पहिलो

सोतोकान करातेमा निशा गुरुङ पहिलो


पञ्चकन्या स्कुलकी निशा गुरुङ सोतोकान कराते (एसकेडीयूएन)को बेल्ट टेस्टमा पहिलो स्थान हात पार्न सफल भएकी छिन् । दोस्रो स्थानमा निशेष गुरुङ र तेस्रो स्थानमा मनीष बोगटी रहे ।

नेपाल सोतोकान कराते (एसकेडीयुएन) को आयोजनमा चुनदेवीस्थित पञ्चकन्या स्कुलका सोतोकान कराते खेलाडीको असोज २३ गते मंगलबार बेल्ट टेस्ट गरिएको थियो । उक्त टेस्टमा १४ प्रशिक्षार्थी खेलाडीले ओरेन्ज बेल्ट प्राप्त गरेका थिए ।

यस्तै संघले बुढानीलकण्ठस्थित आफ्नै डोजोमा गरेको ब्लाक बेल्ट परीक्षामा पाँचजनाले ब्लाक बेल्ट परीक्षा पास गर्न सफल भएको नेपाल सोतोकान कराते संघका महासचिव तथा प्रशिक्षक गोविन्द श्रेष्ठले जनाएका छन् ।

बेल्ट टेस्ट परीक्षा नेपाल सोतोकान कराते (एसकेडीयूएन)का अध्यक्ष एवम् प्रमुख प्रशिक्षक धिर्जेमान तामाङ, महासचिव एवं प्रशिक्षक गोविन्द श्रेष्ठ र प्रशिक्षक रूपेश कँुवरले लिएका थिए ।