तीर्थ हिँडे रामचन्द्र

तीर्थ हिँडे रामचन्द्र


नेपाली काङ्ग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल जिन्दगीमा पहिलोपटक लामो तीर्थयात्रामा निस्किएका छन् । असोज २३ गते कागबेनी (मुस्ताङ) बाट शुरु भएको पौडेलको तीर्थयात्रा कात्तिक १० गते ऋषिकेश पुगेपछि समापन हुनेछ । प्राप्त जानकारीअनुसार पौडेल असोज ३१ गते गया पुग्नेछन् र त्यहाँ दुई दिन बिताएपछि कात्तिक ३ गतेदेखि १० गतेसम्म उनी हरिद्वार, केदारनाथ, बद्रीनाथ र ऋषिकेश पुग्ने कार्यक्रम रहेको छ । तीर्थाटनका क्रममा पौडेलबाट कार तथा हेलिकोप्टरको प्रयोग हुनेछ । काठमाडौंबाट दिल्ली हुँदै गया र गयाबाट दिल्ली फर्कने, त्यसपछि दिल्लीबाट बद्रीनाथतर्फ जाने कार्यक्रम रहेको बुझिएको छ । पौडेलका साथ धर्मपत्नी सविता पौडेल र सुपुत्र एवम् काङ्ग्रेसका युवा नेता चिन्तन पौडेल तीर्थाटनमा सामेल भएका छन् ।