तपाईंको यो साता (राशिफल २४-३० आश्विन २०७५)

तपाईंको यो साता (राशिफल २४-३० आश्विन २०७५)


ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृष
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानि हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन
यो सातामा सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ । शङ्का तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । आईतबारबाट राजनैतिक कार्यमा सफलता मिल्नेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । परिवारमा मांगलिक कार्य सम्पन्न गर्ने तिथि तय हुन सक्छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । आतिथ्यपूर्ण सम्मान पाइएला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । भ्रमण, खानपान तथा फेसनमा धन खर्च हुनेछ । आफन्तसंग चिन्ता र शङ्का उब्जने छ । साताको अन्त्यमा कार्य सम्पादनमा सहजता मिल्नेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । हतारमा गरिएको कामले हानि पुर्‍याउने हुँदा धैर्यतामा जोड दिनुहोला । साताको पहिलोदिनबाट विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
सभा–सेमिनारमा सहभागी हुने अवसर प्राप्त होला । रोकिएका काममा पुनस् प्रयत्न गर्दा सफलता हात लाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । साताको अन्त्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग कालो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु
ठीक समयमा सही निर्णय लिन सकिनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रमाइलो यात्राको योग रहेको छ । विश्वासपात्रले साथ दिनेछन् । साताको अन्त्यमा दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । रोकिएका काममा पुनस् प्रयत्न गर्दा सफलता हात लाग्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
घरेलु समस्याले चिन्ता बढाउन सक्छ । भोज तथा पार्टीमा सहभागी हुँदा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । शुक्रवारबाट सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवाग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कुम्भ
सामाजिक मान–प्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्‍याउनुहोला । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग घ्यूरङ्ग वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । अभिभावकको सुझाव मुताबिक निर्णय लिनुमै आफ्नो कल्याण छ । साताको प्रारम्भमा भ्रमण, खानपान तथा फेसनमा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग हरियो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।