चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन


चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको आज निधन भएको छ । आज बिहान घरनजिकको रूख काट्ने क्रममा बोगटीको निधन भएको हो ।

बोगटीको घर टीकाथलीनजिकै रूख काट्ने क्रममा रूखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।

अहिले बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको लामिछानेले बताइन् । बोगटी दुई वर्षअघि चलचित्र कलाकार संघको अध्यक्षमा विजयी बनेका थिए ।