मगर संस्कृति र मदिराबीचको नाता

मगर संस्कृति र मदिराबीचको नाता


– छन्दबहादुर पहराई मगर

स्वास्थ्यको लागि मदिरा कति हानिकारक हो वा होइन त्यो बेग्लै बहसको विषय हो । जाँडरक्सीको सेवनले खासै कसैलाई पनि राम्रो गर्दैन । अत्यधिक मदिराको सेवनबाट स्वास्थ्यमा विभिन्न रोगहरू त लाग्छ नै यसले मृत्युको मुखमा समेत पुऱ्याउँछ ।

नेपालका आदिवासी जनजातिमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको जाति मगर जाति नै हो । यस जातिमा अधिकांश जाँडरक्सीको सेवन हुने गर्छ । मगरजातिको उन्नति–प्रगति हुन नसक्ने एउटा मुख्यकारण जाँडरक्सी पनि हो । हाम्रा पुर्खाहरूले मान्दै आएको कतिपय संस्कारहरू रीतिको रूपमा मान्दै आए पनि यसले कुरीतिको अगुवाइ गरिरहेको छ । जाँडरक्सीको अत्यधिक सेवन, बालविवाह, छुवाछुत, छोरीलाई पढाउन हुँदैन भन्ने मान्यता, दाइजो प्रथा, छाउपडी प्रथा आदि आदि ।

समाजमा संस्कृति जोगाउने नाममा विकृति पनि पालिरहेका हुन्छौँ । जाँडरक्सी मगरजातिको संस्कृतिसँग जति मात्रामा जोडिएको हुन्छ त्यत्तिकै मात्रामा यसले विकृति नजन्माओस् भन्ने कुरामा सचेत हुन जरुरी छ । तथापि हाम्रो मगरजातिको र रक्सीको सम्बन्धबारे केही चर्चा गरिन्छ । नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो त्यसैले यहाँ विविध संस्कृति र संस्कारहरू छन् । यी परम्पराको थालनी एक व्यक्तिबाट सम्भव भएको होइन । यसका पछाडि धेरै लामो इतिहास हुन्छ । हाम्रा जाति वा जनजातिका रहनसहन, भेषभूषा, भाषाभाषी र लवाईखवाईको बारेमा जान्नुपर्ने आवश्यक हुन्छ ।

विशेष गरेर विश्वका आदिवासी जनजातिमा जाँडरक्सीको परम्परा र खानपान पाइन्छ । यसको उत्पादन निश्चय नै तामस गुणका लागि भए होला । पहिलापहिला रूखबिरुवाका पात–जराका रसहरू नशाका रूपमा प्रयोग गर्दै आएका हुन् । बिस्तारै यसका प्रयोग विभिन्न ढङ्गले हुँदै आयो ।

जाँडरक्सीको उत्पादन कहाँ र कसले गऱ्यो भन्नेबारे यसको खासै ठोस इतिहास भेटिएको छैन । आठौँ शताब्दीतिर इस्लामिकहरूले प्रयोग गर्दै आएको भन्ने इतिहास पनि पाइन्छ । तथापि यो केही मानव जातिको परम्परासँग जोडिएर आइरहेको छ । विशेष गरेर विश्वका आदिवासी जनजातिमा जाँडरक्सीको परम्परा र खानपान पाइन्छ । यसको उत्पादन निश्चय नै तामस गुणका लागि भए होला । पहिलापहिला रूखबिरुवाका पात–जराका रसहरू नशाका रूपमा प्रयोग गर्दै आएका हुन् । बिस्तारै यसका प्रयोग विभिन्न ढङ्गले हुँदै आयो ।

हाम्रा हिन्दू पुराणमा पनि रक्सीबारे उल्लेख गरेको छ । राक्षस पक्ष र देवता पक्षले बासुकी नागको नेती र मन्द्राचल पर्वतको मदानी बनाई क्षीर सागरमा समुद्र मन्थन गरे । विभिन्न बहुमूल्य चिजहरू उत्पादन गर्ने क्रममा अमृतको घडा र मदिराको घडा पनि उत्पादन भयो । दानवहरूले रक्सी सेवन गरेका कारण अमृतजस्तो महत्वपूर्ण चिज सेवन गर्ने समयमा विष्णु भगवान्को मोहनी अवतारको छलछाममा परी अमृत खानबाटै वञ्चित हुन गएका हुन् ।

द्वापर युगमा भगवान् कृष्णको छपन्न कोटी यदुवंशी सन्तानलाई नास गर्नाका लागि दुर्वासा ऋषिबाट श्राप पऱ्यो । श्रापबाट एउटा फलामको मुसल पैदा भयो । त्यसलाई सबैले नदीका किनारमा घोटेर भ्याइसकेपछि खुसियालीमा वारुणी नामको मदिरा सेवन गरे । रक्सीको मातमा आपसमा झगडा गरी काटाकाट र मारामार गरेर सबै विनाश भए । यसरी रक्सीको उत्पादनमा निकै पुरानो इतिहास भएको पाइन्छ । आजभोलि विभिन्न नाम गरेका रक्सीका ब्रान्डहरू बजारमा प्रशस्त पाइन्छ ।

जन्तीहरू घरमा नआइपुग्दै बाटामा जन्तेबाख्रोको रूपमा रोटी–रक्सी खाने चलन हुन्छ । मगरहरूको मृत्यु–संस्कारमा पनि रक्सीको प्रयोग अनिवार्यजस्तै हुन्छ । घाटमा दाहसंस्कार गरी घरमा आएपछि मलामीहरूलाई नास्तासँग जाँडरक्सी खुलाउने चलन हुन्छ ।

मगरजातिको विवाहमा संस्कारकै रूपमा जाँडरक्सीको प्रयोग हुन्छ । केटापक्षले केटीपक्षको घरमा रक्सी लिएर केटी माग्ने चलन हुन्छ । विवाह गर्ने सहमत भयो भने रक्सी पिएर खुसी मनाउने चलन हुन्छ । विवाहपछि ढोगभेट गर्ने वा टीको फुकाउने भन्ने चलन हुन्छ । ढोगभेट फुकाउने अर्थात् माइती पक्षसँग टीको फुकाउने सल्लाह गर्नका लागि खटाइएका मानिसहरूले रक्सी बोकेर कुरा फुकाउन जान्छन् । माइती पक्षले घरपक्षकालाई खजना तोक्ने चलन हुन्छ । खजना वा खाने सामग्री तोक्दा रक्सी अनिवार्य समावेश गरिन्छ । केटी पक्षका नजिकका प्रत्येक नातेदारलाई कम्तीमा एक बोटल रक्सीले सम्बोधन गरी ढोग फुकाउने चलन हुन्छ । घरपक्ष र माइती पक्षबीच रक्सी र रोटी मिलाएर पाका मान्छेहरूको समूह दुलहीको घरदेखि केही टाढा गई सित्तो फाल्ने अर्थात् रक्सी र रोटी चढाउने चलन हुन्छ ।

टीकोटालो सकेर जन्ती पक्ष घरतिर फर्कने बेलामा रक्सीको सगुन खुवाई बिदावारी गर्ने गरिन्छ । जन्ती फर्कंदा साँघुरो बाटोमा दुलहीका संगी–साथीहरूले रक्सी, रोटी र सिमीको बिरमलासमेतले बाटो छेक्ने चलन हुन्छ । जन्तीहरू घरमा नआइपुग्दै बाटामा जन्तेबाख्रोको रूपमा रोटी–रक्सी खाने चलन हुन्छ । मगरहरूको मृत्यु–संस्कारमा पनि रक्सीको प्रयोग अनिवार्यजस्तै हुन्छ । घाटमा दाहसंस्कार गरी घरमा आएपछि मलामीहरूलाई नास्तासँग जाँडरक्सी खुलाउने चलन हुन्छ । काजकिरियाबाट निस्कने दिन चेलिबेटीले ल्याइदिएका रक्सी, अण्डा, माछा र मासु चेलिबेटीकै हातबाट किरिया सकेर निस्केकाहरूले खाने चलन पनि हुन्छ । यसरी रक्सी प्रयोग मगरजातिमा सजिलै प्रयोग हुने भएकाले होला लडाइँ झगडा भयो भने पनि दण्ड–जरिवानको रूपमा रक्सीबाटै मिलाउने चलन हुन्छ । पहिलाजस्तो रक्सीको प्रयोग कम हुँदै गए पनि संस्कारको रूपमा भने प्रयोग भई नै रहन्छ ।