‘…नौलो गाउँ’ लिएर आए जीतबहादुर

‘…नौलो गाउँ’ लिएर आए जीतबहादुर


‘आइयो नौलो गाउँ’ बोलको युगल गीत लिएर गायक जीतबहादुर खड्का साङ्गीतिक बजारमा आएका छन् । यसअघि ‘पूर्वैमा प¥यो दार्जिलिङ शहर’ बोलको लोकगीतबाट निकै प्रशंसा बटुलेका दोलखाका गायक खड्कालाई यस गीतमा गायिका सीता थापाले साथ दिएकी छन् ।

खड्काकै शब्द रहेको गीतमा सहदेव कोइरालाको सङ्गीत रहेको छ । बागिना डिजिटल प्रा.लि.ले बजारमा ल्याएको उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । भिडियो निर्देशन काजीश श्रेष्ठले गरेका छन् । रेशम दर्लामीको डिओपी रहेको भिडियोमा मोडल करिश्मा, काजीश, आयुष्मा र प्रेमको मोडलिङ रहेको छ ।