‘हाम्रो कलेज’ले विद्यार्थीलाई १० लाख अष्ट्रेलियन डलर छात्रवृत्ति प्रदान गर्ने

‘हाम्रो कलेज’ले विद्यार्थीलाई १० लाख अष्ट्रेलियन डलर छात्रवृत्ति प्रदान गर्ने


राजन घिमिरे, अष्ट्रेलिया

हाम्रो इन्स्टिच्यूट अफ बिजनेश टेक्नोलोजी (एचआइबिटी)ले गत साता आफ्नो पाँचौँ ग्रयाजुयसन सेरोमनी सम्पन्न गरेको छ ।

सिड्नीको बुन्डाईमा रहेको यो कलेजले कार्यक्रममा विभिन्न विधामा ग्रेजुयसन गरेका ९० जना विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्र प्रदान गरेको थियो । विद्यर्थीहरूलाई कलेजका सिईओ दीपक खनाल र निर्देशक डा. जगदीश तिम्सिनाले प्रमाणपत्र प्रदान गर्नु गर्नुका साथै शुभकामना तथा बधाई दिनुभएको थियो ।

सन् २०१३ मा स्थापना भएको यो कलेजले विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति जनाएर शैक्षिक क्षेत्रमा राम्रै वाहवाही कमाउँदै आएको छ । कार्यक्रममा विभिन्न विधाका साथै खेलकूद प्रतियोगितामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

डा. रवि शर्माको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कलेजकै विद्यार्थीहरू रविन्द्र खड्का, सुनिसा प्रधान र निस्ठा अधिकारीले गरेका थिए । कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो भने उक्त प्रस्तुतीहरूको कार्यक्रममा उपस्थित अतिथिहरूले निकै प्रशंसा गरेका थिए ।

यसैबीच कार्यक्रममा सन् २०१६ देखि हालसम्म अन्तरराष्ट्रि विद्यार्थीहरूका लागि तीन लाख पचास हजार अष्ट्रेलियन डलर छात्रवृत्ति प्रदान गरिसकिएको बताइयो भने सन् २०२० सम्म यो रकम बढाएर कलेजले १० लाख अष्ट्रेलियन डलर पुर्याउने लक्ष्य लिएको जानकारी कलेजका सिइओ दिपक खनालले दिनुभयो । कार्यक्रममा सिडनीमा रहनुभएका लब्ध प्रतिष्ठित नेपालीहरूको उपस्थिति रहेको थियो ।