‘भाषिक भाइरस’ भित्र्याएर भाषा सिध्याउने प्रपञ्च

‘भाषिक भाइरस’ भित्र्याएर भाषा सिध्याउने प्रपञ्च


– अर्जुन ज्ञवाली, पेसलकुमार निरौला

न्यायलयको भाषा सर्वाधिक महत्वपूर्ण र संवेदनशील हुन्छ । शब्द र वाक्यको हैन, एउटा अक्षरको तलबितल भयो भने मान्छेको जीवन, धन र सर्वस्व समेत हरणदेखि संरक्षण हुने सम्भावना अवलम्वन गरेको हुन्छ । न्यायलयको भाषाले न्यायको भाषाको यो ओज र महत्वलाई जानीबुझीकन स्वयं सर्वोच्च अदालतले भाषाको मानमर्दन गराउने उद्देश्य र अभिप्राय राखेर तयार पारिएको ‘युनिकोड’ लाई के कारणले गोप्य रुपमा लागू गऱ्यो ? आम मानसमा यसले आश्चर्यात्मक जिज्ञासा जगाइरहेको छ ।

‘युनिकोड’को डिजाइन मदन पुरस्कार गुठीको संलग्नतामा तयार पारेको पाइन्छ । यसको प्रमुख उद्देश्य नेपाली भाषामा भएका ५२ वटा वर्णहरूलाई घटाएर, कटाएर र विस्थापित गरेर २९ वटामा सिमित राख्ने र प्रथम चरणमा २३ वटा वर्णहरूलाई विस्थापित गर्ने गोप्य योजना प्रष्ट बुझिन्छ । फिरङ्गीको मिसनले तयार पारेको यही भाषिक भाइरस नेपालमा भित्र्याएर मूलतः नेपालमा मौजुदा रहेको ‘देवनागरी’ लिपिलाई नै समाप्त पार्ने योजनामा सर्वोच्च अदालतलाई सङ्लग्न गराउन सर्वोच्च अदालतकै तत्कालिन प्रधानन्याधीश– कल्याण श्रेष्ठ र पूर्व रजिष्टार डा. रामकृष्ण तिमिल्सिनाको हात रहेको देखिन्छ । यसलाई गोप्य रुपमा परिचालन गर्न अदालतभित्र ठूलो टासफोर्स नै तयार गरेको बुझिन आएको छ ।

गुठीको अन्तर्य र भाषा भाँडभैलो : झट्ट हेर्दा मदन पुरस्कार गुठीले नेपाली भाषामाथि घात गर्ने विश्वास गर्नु पनि आफैंमा घनघोर अपराध जस्तो हुन्छ । पठित–अपठित कोही कसैले पनि त्यस्तो कल्पना समेत गर्दैन । विश्वासको यही शिखरमा बसेर विधर्मीहरूले यो राष्ट्रको मुटु र मेरुदण्डको रुपमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई नै समाप्त पार्न कुन हदसम्मको वेइमानी भैरहेको छ भन्ने कुराको ज्युँदो र ज्वलन्त उदाहरण स्वयं त्यही संस्थाले गरेको गतिविधिले प्रमाणित गरिरहेको छ ।

जस्तै, नेपाली भाषाको मुटु, मेरुदण्ड र प्राण भनकै वर्ण, व्याकरण र लिपि हो । भाषामा भएका यी तीन तत्व त्रिकालजयी र अपरिर्वतनीय नै हुन्छन् । वर्णसँग लिपिको अभिन्न र अकाट्य सम्बन्ध रहेको हुन्छ । नेपाली भाषामा रहेको स्वरवर्णका : अ आ इ ई उ ऊ ऋ ऋृ लृ लृ ए ऐ ओ औ अं अः समेत १६ वटा स्वर वर्ण र व्यञ्जन वर्णका क ख ग घ ङ च छ ज झ ञ ट ठ ड ढ ण त थ द ध न प फ ब भ म य र ल व श ष स ह क्ष त्र ज्ञ गरी ३६ वटा समेत जम्मा ५२ वटा वर्णहरू कायम रहेका छन् । हाल नेपाल सरहदभित्र १२५ जातका मानिसहरूको बसोबास छ । यी सबै जाति मैथली, भोजपुरी, अवधि, ताजपुरिया, हिन्दी, संस्कृत, नेपाली लगायत सम्पूर्ण भाषाको लिपि देवनागिरी रहेको छ ।

देवनागरी लिपी यही ५२ वटा वर्णहरूमा आधारित छन् । नेपाली भाषामा भएका यही वर्णहरूलाई दश वर्षभित्रमा प्रयोजनहीन बनाउने उद्देश्य र योजनाका साथ ‘युनिकोड’ को डिजाइन बनाउने काम मदन पुरस्कार गुठीबाट भएको जगजाहेर छ । यही प्रयोजनका लागि जसले विधर्मीहरूसँग ठूलो धनराशी लिएर नेपालका स्वनामधन्य विद्वानहरूलाई समेत किनेर संस्कृत भाषालाई मूल भाषा भनाएर समाप्त पारेझैँ नेपाली भाषाको जरो किलो, एकमुष्ट ओखल्ने योजनाको नेतृत्वदायी भूमिकामा मदन पुरस्कार गुठीले गरिरहेको कामको वास्तविकताले प्रमाणित गरिरहेको छ ।

एउटा ज्वलन्त उदाहरण– ‘युनिकोड’ गरी मदन पुरस्कार गुठी समेतको सङ्लग्नतामा तयार पारेको देखियो । यसलाई प्रयोगमा ल्याउन उसले सर्वोच्च अदालत, प्रधानन्यायधीस र रजिष्टारलाई समेत आफ्नो प्रभावक्षेत्रभित्र कैद गरेको पाइनु चानचुने योजना मान्न सकिन्न ।

प्रायः छाडा, अश्लील, नेपाली संस्कार, संस्कृति, धर्म, परम्परा, रीतिरिवाजको विरोध र विरुद्धमा लेखिएका कृतिहरूले मात्रै मदन पुरस्कार प्राप्त गरेको र गर्दै आइरहेको देखिन्छ ।

प्रायः छाडा, अश्लील, नेपाली संस्कार, संस्कृति, धर्म, परम्परा, रीतिरिवाजको विरोध र विरुद्धमा लेखिएका कृतिहरूले मात्रै मदन पुरस्कार प्राप्त गरेको र गर्दै आइरहेको देखिन्छ । विधर्मीहरू र मदन पुरस्कार गुठीको लक्ष्य र उद्देश्यको दर्विलो तादात्म्यले के उसले नेपाल राष्ट्र र नेपालीहरूकै विरोध र विरुद्धमा आफ्ना गतिविधि गर्दै आइरहेको प्रमाणित हुँदैन र !?

नेपाली समाजमा प्रा.डा. भनेपछि बेग्लै र विशिष्ट सम्मानका दृष्टिले हेरिन्छ । अन्य देशको प्रचलनजस्तै यो स्वभाविक र जायजै मानिन्छ । दुर्भाग्य, यही सफेद आवरणभित्र प्रवेश गरेर पेशुवा क्रिश्चियनहरूले नेपालभित्र के–कस्तो वितण्डता मच्याउँदै आइरहेका छन् भन्ने (अर्जुन ज्ञवाली/२४५ बाइबल र माओवाद/२४६ तथ्यपूर्ण फेहरिस्त) बोध गऱ्यौं भने प्रा.डा.हरू कुन हदसम्मका भयावह महारोग बन्दा रहेछन् भन्ने छर्लङ्ग हुन्छ । नेपाली भाषा भत्काउने कार्यमा संलग्न कथित प्राज्ञ/प्रा.डा. हरू प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. ब्रतराज आचार्य, प्रा.डा. रमेशप्रसाद भट्टराई, प्रा.डा. बद्रीविशाल भट्टराई, प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा. हेमनाथ पौडेल अग्रपङ्क्तिमा रहेका छन् । यी, जो नेपाली भाषाकै माध्यमबाट राष्ट्रको उपल्लो तहमा पुगे अनि प्राज्ञ/प्राडा, भएर आफू र आफ्नो परिवारको भरणपोषण र आफ्नो प्रतिष्ठाको समेत दर्विलो आधार बनेको नेपाली भाषाकै छातीमा विषाक्त छुरी धसे । आज यही भाषाघाती कामको जिम्मेवारी प्रा. लालानाथ सुवेदी, प्रा. देवी नेपाल, डा. रामप्रसाद ज्ञवाली, चूडामणी रेग्मी (झापा) ले गर्दै आइरहेका छन् ।

छापा माध्यमका प्रायः सम्पूर्ण पत्रिकाहरूलाई नेपाली भाषा र नेपालको मौलिकतामाथिको सम्वेदनशील ठाउँहरूमा प्रहार गर्न परिचालन गरिएको छ । पत्रकारजस्तो राष्ट्रको चौथो अङ्गको मान्यता पाएको निकायले आफ्नै राष्ट्र र भाषामाथि घात गर्नु यो भन्दा ठूलो अन्याय र अपराध अर्को के हुन सक्छ ? नेपाली भाषाका एक एक वर्णहरू क्रमशः समाप्त गर्दै जाने र वर्णसँग देवनागरी लिपि लोप गराउने अभियानअन्तर्गत आज तलव्य ‘श’ माथि आक्रमण केन्द्रित गरिएको छ । जसमा ‘शुरु’ भनेको आरम्भ, प्रारम्भ माङ्गलिक कार्यको थालनी आदि मरानतम् कार्य बोध गराउने शब्द बुझिन्छ । यो माङ्गलिक शब्द र यसको समुच्चा समुच्चै अर्थलाई समेत समाप्त पार्न यसको ठाउँमा ‘सुरु’ व्यापक रुपमा प्रयोग गरिएको छ । जबकि ‘सुरु’को अर्थ उज्यालो ठाउँमा पिसाब फेर भन्ने हुन्छ । नेपाल, नेपाली जाती, भााषा, साहित्य, कला, संस्कृत, संस्कार, सभ्यता आदि सम्पूर्ण अस्तित्वमाथि घनघोर अन्याय भैरहेको छ । यो प्रयोगमा आन्तरिक फिरङ्गीहरू देश र जनताका लागि अत्यन्त घातक र विषाक्त छन् ।

फिरङ्गीहरूको राष्ट्रविरोधी कोपभाजनलाई नेपाल राष्ट्र बैंकले किन सघायो ? समयले यसको ज्युँदो र ज्वलन्त इतिहासलाई छाड्ने छैन । फिरङ्गीहरूको रिश्वत र रछ्यानमा रत्तिएको नेपाली अनुहारहरूलाई अवश्यमेव समयले दण्डित गरेरै छाड्ने छ ।

फिरङ्गीहरूको गोटीको भूमिकामा राष्ट्रबैंक ‘श्री’ भित्र हाम्रो वैदिक सभ्यताको महानतम् रहस्य र महत्व रहेको छ । यसको विशद् व्याख्या बेग्लै पृष्ठभूमिमा गरौँला । नेपालमा कागजी नोटको प्रचलन विक्रम संवत २००२ सालदेखि शुभारम्भ भएको हो । त्यसबेलादेखि नै राष्ट्र बैंकले नेपाली नोटमा ‘श्री’ अङ्कित गर्दै आइरहेको थियो । २०६३/६४ को फिरङ्गी परिवर्तनपछि गोप्य रुपमा नेपाली नोटबाट क्रमशः शिर्षभागमा रहेको ‘श्री’ लाई विस्थापित गरिएको छ । फिरङ्गीहरूको राष्ट्रविरोधी कोपभाजनलाई नेपाल राष्ट्र बैंकले किन सघायो ? समयले यसको ज्युँदो र ज्वलन्त इतिहासलाई छाड्ने छैन । फिरङ्गीहरूको रिश्वत र रछ्यानमा रत्तिएको नेपाली अनुहारहरूलाई अवश्यमेव समयले दण्डित गरेरै छाड्ने छ । (अर्जुन ज्ञवाली/२४७ बाइबल र माओवाद/२४८)

भाषामा पीएचडी गरेकाहरूले भाषा समाप्त पार्ने, संस्कृतमा पीएचडी भएकाहरूले संस्कृतलाई मारियामेट गर्ने, राजनीतिमा पीएचडी भएकाहरूले राजनीतिलाई भताभुङ्ग बनाउने, अर्थशास्त्रमा पीएचडी गरेकाहरूले अर्थव्यवस्थालाई ध्वस्त गराउने, इतिहासमा पीएचडी भएकाहरूले नेपाल र नेपालीको वास्तविक इतिहासलाई समुच्चा समुच्चै सर्वनाश गराउने उद्देश्य र अभियानलाई विधर्मी फिरङ्गीहरूले तीव्रता दिँदै आइरहेका छन् । यसैले नेपालका अधिकाँश आत्मा बिकाउ प्रा.डा.हरू नेपाल र नेपाली समाजका लागि ‘बाँदरको पुच्छर लौरो न हतियार’ झैँ बनेका छन् ।

बाह्य र आन्तरिक फिरङ्गीहरूले बनिबनाउ नेपाली भाषाको सग्लो र सङ्लो रुपलाई लथालिङ्ग भताभुङ्ग बनाउँदा समेत त्यसको प्रतिरक्षा गर्नुपर्ने सेनाले त्यसो नगर्नु र सेनाकै व्यारेकहरूमा शुद्ध भाषाको प्रयोग नहुनु आफैमा दुःखद र सन्देहास्पद छ । अपराधी मनोवृत्ति भएका वाह्य र भित्री फिरङ्गीहरूले जतिसुकै प्रयास दुष्प्रयास गरिरहुन्, नेपाल राष्ट्रको प्रतिष्ठापूर्ण गौरव कहिल्यै पनि निष्तेज हुने छैन । यो राष्ट्र चिम्टी–चिम्टी माटोमा अदम्य दैवी शक्ति, गुरु गोरखनाथ, पशुपतिनाथ, अष्टभैरव, अठासीहजार ऋषि, महर्षि र देवर्षिहरूको तेजोमय तपोवलले अकण्टक महिमामण्डित भैरहँदै आएको छ र रहिरहने दृढ विश्वास छ । चेतना भया नेपाल राष्ट्रको अहित चिताउनेको हित कहिल्यै हुनै छैन ।