तपाईंको यो साता (राशिफल १७–२३ असोज ०७५)

तपाईंको यो साता (राशिफल १७–२३ असोज ०७५)


– ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
यो सातामा प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । रविवारबाट नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ्ग रातो वा निलो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष
यो सातामा आफूलाई कमजोर प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । कसैसित धेरै घनिष्ट नभै आफ्नो गोप्यता कायम गर्नुहोला । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साताको अन्त्यमा वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ्ग सेतो वा सिन्दूरे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको दर्शनगरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन
व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । प्रायस् सबै काम आफ्नै इच्छा एवं निगरानीमा सम्पन्न हुनेछन् । हराएको आत्मविश्वास जाग्नेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कर्कट
गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । साताको अन्त्यबाट बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ्ग सुन्तलारङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु अघि मान्यजनको आशीर्वाद लिएर कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साताको अन्त्यमा विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ्ग वैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि गरेको कार्य बाट सफलता मिल्नेछ ।

कन्या
विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिनेछ । घरायसी व्यवहारमा संलग्न नहुनुमै कल्याण छ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ्ग आकासे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा शुभफल मिल्नेछ ।

तुला
राजनिति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुँनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । साताको अन्त्यबाट मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ्ग नीलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाँकालीजीको स्मरणगरी आरम्भ गर्दा अधिक शुभफल प्राप्त हुनेछ ।

वृश्चिक
क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्‍याउनेछ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । यो साताका लागि शुभअङ्क ७, ८ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

धनु
सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्था बाट सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क २, ३ र शुभरङ्ग पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मकर
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक उन्नति हुनुका साथै पदोन्नतिको अवसर पनि मिल्ने देखिन्छ । प्रेम जीवन सुखद् रहने छ । साताको अन्त्यबाट परोपकारी कार्यमा संलग्न भइनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कुम्भ
यो साता मध्यम फलदायी रहने छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । शनिबार बाट पारिवारिक सुख प्राप्तिका साथै व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन
मित्र सहयोग मिल्नुका साथै धन वृद्धि हुने छ । सफलता एवम् लाभको कारण कर्मक्षेत्र क्रियाशील हुन थप हिम्मत र साहस बढ्ने छ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा उल्लेख्य प्रगति हुने देखिन्छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी आरम्भ कार्य गर्दा सफलता मिल्नेछ ।