काठमाडौं मलमा क्षितिजा शाक्यको बुटिक

काठमाडौं मलमा क्षितिजा शाक्यको बुटिक


कुनैबेलाकी चर्चित फिल्मकर्मी क्षितिजा शाक्यले काठमाडौंमा बुटिक सञ्चालनमा ल्याएकी छिन् । हिजो शनिबारदेखि काठमाडौं मलमा क्षितिजा अपारेल बुटिकको नामबाट शुरु गरिएको उक्त बुटिकको चर्चित नायिका करिश्मा मानन्धरले उद्घाटन गरेकी हुन् । करिश्माले ‘ओम गणेशाय नमः’ भन्दै क्षितिजाको बुटिकको शुभारम्भ गरेकी थिइन् ।

सो अवसरमा विशिष्ट अतिथिको रुपमा पुरानो नायिका चैतन्य देवी श्रेष्ठ र विख्यात अभिनेत्री बसुन्धारा भुषालको समेत उपस्थिति थियो ।

क्षितिजाका अनुसार उक्त बुटिकमा आफैकहाँ उत्पादन गरिएका सामान २ हजारदेखि लाखौं मूल्यका समेत उपलब्ध हुने छ ।

खासगरी बनारसी साडी, सिफनको साडी, झुम्का, शत प्रतिशत पस्मिनाको सल, फेसनेबल जुत्तालगायतका सामान क्षितिजा अपारेलमा पाइन्छ ।

क्षितिजा शाक्यले प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई खादा ओढाई स्वागत गरेकी थिइन् ।