हिट्स एफएम म्यूजिक अवार्डसको मनोनयन सार्वजनिक

हिट्स एफएम म्यूजिक अवार्डसको मनोनयन सार्वजनिक


हिट्स नेपाल प्रा.लि.ले हिरो २२औं हिट्स एफएम म्यूजिक अवार्डस् २०७५ को मनोनयन सार्वजनिक गरेको छ । २०७४ वैशाख १ देखि २०७४ चैत्र मसान्तसम्ममा हिट्स एफएम ९१.२ मा दर्ता भएका गीत तथा गीतिसंग्रहहरूबाट हरेक विधामा उत्कृष्ट पाँच मनोनयनमा परेका हुन् ।

हिरो २२औं हिट्स एफएम म्यूजिक अवार्डस् २०७५ मा नितेशजंग कु“वरको हाम्रो नेपालमा, १९७४ ए डीको पीरै पीर, वास्तु सा“गीतिक समूहको हावा चल्यो, दीप श्रेष्ठको स्वर रहेको सम्पत्ति दिए बोलको गीत पा“चवटा विधामा मनोनयनमा परेका छन् । सांगीतिक समूह आरके स्क्वायर चार विधामा मनोनित हु“दा द एक्ट सांगीतिक समूहको हराएको बोलको गीतले पनि चार ओटा विधामा मनोनयनमा पर्न सफल भएको छ । त्यस्तै बानिका प्रधानको स्वरमा रहेको जानी नजानी बोलको गीत पनि चारओटै विधामा मनोनयनमा परेको हिट्स नेपालले जनाएको छ ।

गायक विश्व नेपालीको स्वरमा रहेको तिरी किटी ताका बोलको गीत तीनवटा विधामा मनोनयनमा छ भने गायक नवीन के भट्टराई, जेम्स प्रधान, लोचन रिजाल, शिव परियार, संजिव पराजुली दुईओटा विधामा मनोनयनमा छन् । चलचित्र गीततर्पm भने अर्जुन पोखरेल, दीपक शर्मा, कल्याण सिंह, राजनराज शिवाकोटी र टंक बुढाथोकी मनोनयमा छन् । सर्वोत्कृष्ट एकल गायन पुरुष विधामा विश्व नेपाली, दीप श्रेष्ठ, हेमन्त शर्मा, प्रमोद खरेल र शिव परियार मनोनयनमा छन् भने एकल गायन महिला विधामा बानिका प्रधान, जीना रसाईली, मीलन नेवार, निखिता थापा र संगीता राना प्रधान मनोनयनमा परेका छन् । सर्वोत्कृष्ट लोक गीतको विधामा अन्जान बाबु र प्रतिमा विश्वकर्मा, खड्ग गर्वुजा, खड्ग बुडा, पवित्रा घर्ती मगर र भीमा सुवेदी, नाइट्, राजन ठकुरी र विष्णुमाय गुरुङ, तुलसी पराजुली मनोनयनमा परेका छन् ।

०५२ सालमा आप्mनो स्थापनासंगै ०५४ सालमा सातओटा विधाबाट शुरु भएको संगीतको यो उत्सवमा हाल १७ विधा रहेका छन्, जसमध्ये एउटा विधा लाइफ्टाइम अचिभमेन्ट अवार्ड रहेको छ ।

आगामी मंसीरमा आयोजना गरिने हिरो २२औं हिट्स एफएम म्यूजिक अवार्डस् २०७५ लाई कुनै प्रतिस्पर्धा र होडबाजी भन्दा पनि संगीतको पर्वकै रुपमा विकसित र परिमार्जित गर्दै लगिने हिट्स नेपालले जनाएको छ ।