युनिक कलेजले पायो अस्ट्रेलियामा न्याय

युनिक कलेजले पायो अस्ट्रेलियामा न्याय


राजन घिमिरे, अष्ट्रेलिया

लामो समयदेखि अस्ट्रेलियाको सिड्नीमा रहेर शिक्षा क्षेत्रमा सक्रिय अमरजित खेलाद्वारा सञ्चालित युनिक कलेजले न्याए पाएको छ । उक्त कलेजले अष्ट्रेलियन विद्यार्थीहरुलाई कानुन विपरीत आइप्याड र ल्याप टप बाँडेको मुद्दा खेपेको थियो । ‘मैले पहिला पनि भनेको थिएँ र आज पनि भन्छु, नियम विपरीत कुनै पनि कार्य गरेको थिइनँ र गर्दिनँ पनि, आज यो कुरा प्रमाणित भएर हाई कोर्टले सफाई दिएको छ’, कलेज सञ्चालक अमरजित खेलले भने ।

सन् २००७ मा सिड्नीको ग्रान्डभिलमा स्थापना भएको युनिक कलेज नेपालीहरुमाझ लोकप्रिय मानिन्छ, हेयर ड्रेसिङ, बिजनेस म्यानेजमेन्ट र अन्य विषय अध्ययन गर्ने विद्यार्थीका निम्ति यो कलेजले लोकप्रियता हासिल गरेको छ । कोर्टले सफाई दिएपछि अब कलेजले सञ्चालनको अनुमति पाएको छ ।

‘मैले पनि त्यही कलेजमा अध्ययन गरेको हुँ, हामीलाई खासै नियमविपरीत काम गरेको जस्तो लाग्दैन, कलेजका विद्यार्थी सन्नीप्रकाश साहीले बताए । यस्तै, कलेजका पूर्व बजार ब्यवस्थापक रविन्द्रकुमार शर्माले कलेजको लोकप्रियता र सफलताप्रति इर्श्या गर्नेहरुले यो कलेज नै बन्द गराउन खोजेको खुसासा गर्दै तर अन्ततः सत्यकै जित हुन्छ भन्ने कुरा प्रमाणित भएको उल्लेख गरे ।

यो कलेजले सन् २००८ दखि २०१३ सम्म अस्ट्रेलियामा आयोजना हुने नेपालीहरुका विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सहयोग वा सहभागिता जनाउँदै आएको थियो र अब सो कार्यलाई निरन्तरता दिँदै जाने कलेजका सञ्चालक अमरजित खेलाको भनाई छ ।