राजदूत सुवेदी कफी संगठनमा अध्यक्ष निर्वाचित

राजदूत सुवेदी कफी संगठनमा अध्यक्ष निर्वाचित


लन्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदी संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०१७ मा मात्र अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको नेपालले डेढ वर्षभित्र उक्त संगठनमा प्राप्त गरेको सफलतालाई संगठनका सदस्य राष्ट्रहरुले महत्वपूर्ण उपलब्धीका रुपमा लिएको दूतावासले जनाएको छ ।

बेलायतका लागि नेपाली दूतावासले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएअनुसार यही महिनाको १७ देखि २१ सम्म लण्डनमा सम्पन्न भएको संगठनको १ सय २२औं अधिवेशनले डा. सुवेदीलाई एक वर्षका लागि अध्यक्ष निर्वाचित गरेको हो । सुवेदी यसअघि मेक्सिकोमा सम्पन्न १ सय २१औं अधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका थिए ।

अधिवेशनमा डा. सुवेदीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवाली, राष्ट्रिय चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव बुद्धिप्रसाद उपाध्याय, लन्डन दूतावासका काउन्सेलर शरदराज आरण, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत लक्ष्मण पोखरेल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सल्लाहकार डा. बद्रिप्रसाद बस्ताकोटी र लन्डन दूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरे सदस्य रहेको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको थियो ।