प्रतिबन्धित फिल्म ‘अक्सर’ अवार्डको लागि सिफारिस

प्रतिबन्धित फिल्म ‘अक्सर’ अवार्डको लागि सिफारिस


बलिउडसँगै अन्तर्राष्ट्रिय सिनेमामा आफ्नो अभिनयको पहिचान बनाउन सफल चर्चित बलिउड अभिनेता इरफान खान अभिनित एक फिल्म सन् २०१९ को ओस्कार अवार्डको लागि सिफारिस भएको छ । फिल्म ‘दुब : नो बेड अफ रोजेज’लाई बंगलादेशको ओस्कार कमिटीले विदेशी भाषाको क्याटोगेरीतर्फ सिफारिस गरेको हो । स्मरण रहोस्, केही वर्ष पहिले बंगलादेशमा यो फिल्मलाई प्रतिबन्ध लगाइएको थियो ।

मोस्तफा सरवर फारुखीद्वारा लिखित तथा निर्देशित ‘दुब : नो बेड अफ रोजेज’ फिल्ममा इमरान खानसँगै रुकैया प्राची, नुसरत इमरोज, तृषा र पुर्णो मित्ताले अभिनय गरेका छन् । यो फिल्म अस्कर अवार्डको लागि सिफारिस भएपछि निर्देशन फारुखीले खुशी व्यक्त गरेका छन् । इरफान यो फिल्मका सह–निर्माता पनि हुन् ।

यो फिल्ममा इरफानले एक सफल फिल्म निर्माताको भूमिकामा अभिनय गरेका छन् । जसमा उनले एक्लो जीवनबाट पार पाउन छोरीको साथीसंग सम्वन्ध गाँसेको कथा छ । यो फिल्मको कथा बंगलादेशका चर्चित लेखक तथा निर्माता अहमदको जिन्दगीसँग मिल्दोजुल्दो भएपछि यो फिल्मलाई बंगलादेशमा प्रतिबन्ध लगाइएको थियो ।

अहमदले २७ वर्षपछि आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्दै पछि आफून्दा ३३ वर्ष कान्छी नायिकासँग विवाह गरेका थिए ।