दशैँका अग्रिम टिकट बुकिङ भोलिदेखि

दशैँका अग्रिम टिकट बुकिङ भोलिदेखि


दशैँका लागि उपत्यकाबाट बाहिरिनेहरूका लागि नेपाल यातायात व्यवसायी महासंघले भोलि (९ गते मंगरबार)बाट अग्रिम टिकट बुकिङ खुलाउने भएको छ ।

नेपाल यातायात व्यवसायी महासंघको बैठकले आज बसेको निर्णय गरेको हो । भाडा वृद्धिको माग गर्दै आएको महासंघले सरकारले १० प्रतिशत भाडा बढाउन सहमत भएपछि भोलिबाट टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।