पार्टीभित्रको गुट–उपगुट मुख्य चुनौती : केसी

पार्टीभित्रको गुट–उपगुट मुख्य चुनौती : केसी


नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरूलाई आह्वान गरेका छन् ।

राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिए ।

‘सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ,’ केसीको भनाइ थियो । उनले मुलुकमा महँगी, भ्रष्टाचार, महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।