पेन्केक सिलाटद्वारा पाँच जिल्लालाई खेल सामग्री

पेन्केक सिलाटद्वारा पाँच जिल्लालाई खेल सामग्री


नेपाल पेन्केक सिलाट मार्सल आर्ट संघले विभिन्न ५ जिल्लालाई खेल सामग्री प्रदान गरेको छ । पेन्केक सिलाटका बाँके, बर्दिया, दाङ, सल्यान र सुर्खेत जिल्ला कार्यसमितिलाई खेल सामग्री प्रदान गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले कार्यसमितिका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरेका थिए । सिंगापुर पेन्केक सिलाट संघबाट प्राप्त करिब ५ लाखबराबरको खेल सामग्री प्रदान गरिएको नेपाल पेन्केक सिलाट मार्सल आर्ट संघका महासचिव दोर्जे लामाले जानकारी गराएका छन् ।