भण्डारी र भट्ट उपरथीमा बढुवा

भण्डारी र भट्ट उपरथीमा बढुवा


नेपाल सरकारद्वारा उपरथी दर्जामा पदोन्नति गरिएका नेपाली सेना कल्याणकारी योजना निर्देशनालयका सहायक रथी रघु भण्डारी र रणनीति तथा दीर्घकालीन योजना निर्देशनालयका सहायक रथी नरेशचन्द्र भट्टलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

उपरथी दर्जामा पदोन्नति हुनुभएका उपरथी भण्डारी संभाररथीेको कार्यालय र उपरथी भट्ट व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा सरुवा नियुक्ति हुनुभएको पनि नेपाली सेनाले जनाएको छ ।