प्रकाण्डलाई सर्वोच्चमा उपस्थित गराउने तयारी

प्रकाण्डलाई सर्वोच्चमा उपस्थित गराउने तयारी


जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।

सर्वोच्च अदालतबाट उनलाई उपस्थित गराउन आदेशपत्र पुगेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरिएको उदयपुर प्रहरीले जनाएको छ । सर्वोच्चको आदेशानुसार उनलाई राजधानी लाने तयारी गरिएको बुझिएको छ ।

एक हप्ता अगाडि काठमार्डौंबाट प्रकाण्डलाई उदयपुर लगिएको थियो । उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।

यसै सिलसिलामा नेकपाले असोज ७ गते आइतबार उपत्यका बन्दको आह्वान गरेको छ । आफ्नो पार्टीका प्रकाण्डलगायत नेता कार्यकर्तालाई ससम्मान रिहाईको माग गर्दै उपत्यका बन्दको कार्यक्रम घोषणा गरिएको नेकपा उपत्यका विशेष ब्युरो इन्चार्ज प्रज्वलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै-