यसकारण सहाना प्रधानलाई राष्ट्रपति बनाउने योजना असफल भयो : प्रचण्ड

यसकारण सहाना प्रधानलाई राष्ट्रपति बनाउने योजना असफल भयो : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहाना प्रधानलाई राष्ट्रपति बनाउने योजना असफल भएको बताएका छन् । शनिबार सहाना प्रधानको चौंथो स्मृतिसभामा बोल्दै अध्यक्ष प्रचण्डले सो कुराको खुलासा गरेका हुन् ।

आफू दोस्रो संविधानसभाको निर्वाचनपश्चात सहाना प्रधानलाई राष्ट्रपति बनाउने पक्षमा उभिएको भएपनि केही परिघटनाका कारण योजना असफल भएको अध्यक्ष प्रचण्डको भनाई थियो । ‘साहाना प्रधान राष्ट्रपतिको उपयुक्त उम्मेद्वार हुनुहुन्थ्यो’, उनले भने ‘तर हामीहरु चक्नुप¥यो ।’

एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता ठूलो परिघटना भएको बताएका छन् । उनले त्यसलाई सहज रुपमा अगाडि लान नसके ठूलो जोखिम पनि हुने बताए । उनले नेकपाले राम्रो काम गर्न नसके सबै एउटै डुंगामा डुब्ने खतरा रहेको भन्दै जोखिममा पर्ने काम भए मान्य नहुने बताए ।