यसबर्ष दशैंको टीका साइत बिहान ९ बजेर ५१ मिनेटमा

यसबर्ष दशैंको टीका साइत बिहान ९ बजेर ५१ मिनेटमा


यसबर्षको दशैं नजिकिएको छ । बजारमा दशैंको चहलपहल पनि शुरु भइसकेको छ । यता, नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि यस वर्षको दशैं टीकाको साइत सार्बजनिक गरेको छ । समितिले बिहान ९ बजेर ५१ मिनेटमा टीका लगाउन उपयुक्त भएको विष्कर्ष निकालेको हो ।

समितिका अनुसार बिहान ९ बजेर ३९ मिनेटमा देवी बिसर्जन गरेपछि टिका लगाउन सकिनेछ । दशमीको दिन दिनभर नै टिका लगाउन सकिने समितिले जनाएको छ । यस्तै, घटस्थापनाको शुभ साइत असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । फुलपाती भित्र्याउने साइत बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ ।

कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ । यसबर्षको दशैं २४ गतेबाट शुरु हुनेछ भने २ गते विजयादशमी परेको छ ।