आज प्रधानमन्त्री ओली अमेरिका जाँदै

आज प्रधानमन्त्री ओली अमेरिका जाँदै


आज प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाँदैछन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली आज राति ९ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ असोज २ गतेबाट ७३ औं महासभा शुरु भइसकेको छ । सो कार्यक्रममा सहभागी हुन प्रम ओली त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेका हुन् । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् । त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारीलाई पनि भ्रमण टोलीमा समेटिएको छ । ओलीले असोज ११ गते कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।