मालदिभ्समा नेपाली युवतीद्वारा आत्महत्या

मालदिभ्समा नेपाली युवतीद्वारा आत्महत्या


झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गत भदौ २५ गते मृत्यु भएको उनका बाबु नकुल राजवंशीले जानकारी दिएका हुन् ।

सङ्गीताको शव नेपाल ल्याई झापाको रामघाटमा दाहसंस्कार गरिएको छ भने उनको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताएका राससले जनाएको छ। अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिइन् ।