अन्सारी हत्याको छानबिन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन

अन्सारी हत्याको छानबिन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन


हिजो गोली प्रहार गरी हत्या गरिएका सुनसरीका खुर्सिद अन्सारीको हत्याको छानबिन गर्न गृह मन्त्रालयले आज एक समिति गठन गरेको छ ।

१ प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) किशोर दाहालको संयोजकत्वमा गठन गरिएको समितिका अन्य सदस्यमा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य, सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उपनिर्देशक तुलसी प्रसाईं र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे रहेका छन् ।

समितिले १५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउने समय पाएको छ ।