इन्धन ढुवानी सुचारु नगर्ने चालकको गाडी खोस्ने निगमको तयारी

इन्धन ढुवानी सुचारु नगर्ने चालकको गाडी खोस्ने निगमको तयारी


ट्याकंर चालकहरुको आन्दोलनका कारण मुलुकभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । उनिहरुले विभिन्न माग राख्दै गत बुधबारदेखि आन्दोलन शुरु गरेका हुन् ।

मुलुकी संहिताको केही प्रावधानले काम गर्न असहज हुने भन्दै ट्याकंर चालकहरु आन्दोलनमा उत्रिएका हुन् । चालकहरु आन्दोलित भएपछि पछिल्लो तीन दिनदेखि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । जसका कारण काठमाडौं लगायत मुलुकभरका पेट्रोल पम्पमा उपभोक्ताहरुको लाइन देखिन थालेको हो ।

यता, पम्पहरुमा उपभोक्ताको लाइन बढ्न थालेपछि निगमले आन्दोलित चालकहरुले चलाइरहेको गाडी खोस्ने चेतावनी समेत दिएको छ । नेपाल आयल निगमका प्रमुख सुशील भट्टराईले आन्दोलनरत पक्षसँग स्थानीय स्तरमा छलफल भइरहेको बताएका छन् । निगमले भने काम गर्न नमान्ने र आन्दोलन नै गरिरहने चालकको गाडी खोसेर आफैं चलाउने र चालकहरुले ढुवानी सुरु नगरे आजदेखि सेना, प्रहरी लगाएर गाडी खोस्ने उनले चेतावनी दिएको छ ।

निगमले विज्ञप्ति जारी गर्दै गाडी नचलाउने भए चाबी र लाइसेन्स बुझाएर घर जान अनुरोध गरेको छ । निगमसँग सरकारी चालक तयारी अवस्थामा राखेकोले अटेर गर्ने चालकलाई विदा गर्ने चेतावनी पनि विज्ञप्तीमार्फत दिएको छ ।

काठमाडौंमा दैनिक ४–५ लाख लिटर इन्धन खपत हुने गरेको र बिहिबार मात्र ५ लाख लिटर पम्पहरुलाई दिएको उनको भनाइ छ । तर, पम्पहरुले भने बजारमा अभाव सृजना गर्न इन्धन बाँडेका छैनन् ।