पेट्रोलियम पदार्थको अभाव, घण्टौँ लाइन

पेट्रोलियम पदार्थको अभाव, घण्टौँ लाइन


ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि देशभरका पेट्रोल पम्पमा सवारी साधनको घण्टौँ लाइन देखिएको छ ।

चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोलियम पदार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले घण्टौँ लाइन बस्नुपरेको हो ।

चालकले विभिन्न माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि पेट्रोल पम्पलेसमेत भएको पेट्रोलियम पदार्थसमेत बिक्री नगरी सटर लगाएपछि अचानक अभाव चुलिएको हो ।

यस विषयमा भने सरकार गम्भिर बनेको छैन् । मुलुकभर एकसाथ पेट्रोलियम पदार्थको बिक्री कार्य एकसाथ रोकिएपछि सर्बसाधारणलाई सास्ती भएको छ ।

उपभोक्ताहरुले पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि भएपछि पनि उपभोग गर्न भने पाएका छैनन् ।