अख्तियार प्रमुखमा नवीन घिमिरे सर्वसम्मत

अख्तियार प्रमुखमा नवीन घिमिरे सर्वसम्मत


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सर्वसम्मत भएका छन् । घिमिरेलाई संसदीय सुनुवाइ विशेष समितिले आज (बिहीबार) अनुमोदन गरेको हो । घिमिरे अख्तियारको कार्यबाहक प्रमुख रहेका थिए ।

बिहीबार संसदीय सुनुवाइ समितिले उनलाई सर्वसम्मत रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा स्वीकृत गरेको समितिका ज्येष्ठ सदस्य सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।

घिमिरेलाई भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो । आज भएको सुनुवाइ समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएपछि घिमिरे अख्तियार प्रमुखमा सर्वसम्मत अनुमोदन भएका हुन् ।