न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउने नेकपाको तयारी

न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउने नेकपाको तयारी


सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीमाथि महाअभियोग लगाउने तयारी भएको छ । जोशीमाथि महाअभियोग लगाउन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन गरिरहेको बताइएको छ ।

जोशीलाई वचन तोडेको अभियोग महाअभियोग लगाउन लागिएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीशमा संवैधानिक परिषदबाट सिफारिस भए पनि संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि जोशीले केही मुद्दा हेरेपछि नेकपाका नेताहरूसँग राजीनामा दिने बताएका थिए । तर, राजीनामा नदिई नियमित अदालत गई मुद्दा हेर्न थालेपछि नेकपाले जोशीमाथि महाअभियोग लगाउने तयारी गरेको हो ।

प्रतिनिधिसभाका २५ प्रतिशत सदस्यले महाअभियोग प्रस्ताव दर्ता गराउन सक्ने प्रावधान छ । अहिले सत्तारुढ नेकपा गठबन्धनसँग महाअभियोग पारित गराउने दुईतिहाई बहुमत संसदमा छ ।