नेप्से घटे पनि कारोबार रकम भने वृद्धि

नेप्से घटे पनि कारोबार रकम भने वृद्धि


धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर २६६.०९ बिन्दुमा पुगेको छ । कुल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर रु ५५ करोड ५० लाख ६१ हजार ५०२ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ ।

तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए पनि अरू उपसमूहको शेयर भने ओरालो लागेको छ । होटेल २०.५७, विकास बैंक ४.६९ र अन्यको १.८३ बिन्दुले बढे पनि बैंकिङ १.६५, जलविद्युत् ७.७९, फाइनान्स ०.४८, निर्जीवन बिमा १०७.४८, उत्पादन ५.५१, माइक्रो फाइनान्स ५.०६, जीवन बिमा ७९.८१ बिन्दुले घटेको छ । व्यापार समूहको भने कुनै पनि कारोबार भएन ।