चितवन कुमरोजमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा

चितवन कुमरोजमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा


ग्लोबल आइएमई बैंकले थप एक शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. १२ कुमरोजमा आफ्नो १०३औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानीयवासीको रोहवरमा गरिएको छ ।

आजदेखि (४ असोज ०७५) शाखारहित शाखारहित बैंकिङ सेवासँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ ।

कुमरोजमा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय राजेन्द्र श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । यो शाखारहित बैंकिङ सेवा ग्लोबल आइएमई बैंकको टाँडी शाखाअन्तर्गत रहने पनि जानकारी गराइएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना ९ लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।