मञ्चका संस्थापक संयोजक अग्रहरि सम्मानित

मञ्चका संस्थापक संयोजक अग्रहरि सम्मानित


नेपाली खेलकुद पत्रकारितामा विशिष्ट योगदान गरेका सीताराम अग्रहरिलाई ‘एनएसजेएफ पत्रकारिता सम्मान २०७५’ बाट सम्मानित गरिएको छ । । मञ्चको १४औँ वार्षिक साधारणसभाले अग्रहरिलाई सम्मान गर्ने निर्णय गरेको हो ।

मञ्चका संस्थापक संयोजक रहेका उनी ३५ वर्षयता पत्रकारितामा सक्रिय छन् । उनले गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक र प्रधान सम्पादकको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरेका थिए । उनलाई सम्मानपत्रसहित १५ हजार रुपैयाँ प्रदान गरियो

वर्षेनी मञ्चले प्रदान गर्दै आएको एनएसजेएफ पत्रकारिता सम्मानबाट यसअघि श्याम चित्रकार, पुष्करलाल श्रेष्ठ, पी. खरेल र गोपाल बस्नेत सम्मानित भइसकेका छन् ।

मञ्चले यसै वर्षदेखि युवा खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले ‘एनएसजेएफ युवा पत्रकारिता प्रोत्साहन पुरस्कार’ पनि सुरु गरेको छ । यसपालिको एनएसजेएफ युवा पत्रकारिता प्रोत्साहन पुरस्कार २०७५ राजधानी दैनिकमा कार्यरत दिलबहादुर तामाङलाई प्रदान गरेको छ ।