यसरी जोडिँदैन प्रवास र मातृभूमिबीच सम्बन्धको पाइपलाइन

यसरी जोडिँदैन प्रवास र मातृभूमिबीच सम्बन्धको पाइपलाइन


– सानुबाबु सिलवाल

बाबुराम भट्टराइको भर्खरैको अमेरिका भ्रमणले थुप्रै इस्यु र तर्कका उल्झानले स्थान लियो । समर्थन र विरोध गर्नेहरूका फेसबुक तथा सामाजिक सञ्जाल अहिले तल्लै स्तरको गालिगलौज र न्युनतम मानवीय सम्मान–सत्कारलार्ई लत्याउँदै भनाभन या शाब्दिक लडाइँमा उत्रिँदै गर्दा दुईचार शब्द कोर्नैपर्ने लाग्यो ।

माओवादीको दशवर्षे आतङ्क, क्रुर हत्या, हिंसा र आततायी ब्यवहारका कारण नागरिक विदेशिने क्रमले ह्वात्तै उचाई लियो । संख्यात्मक रूपमा मानिसहरू बाहिरिने क्रमको बढोत्तरी हुनुको कारण नै यही थियो । यसरी मानिस विदेशिने र सुरक्षित अवतरणका निमित्त संसारका त्यस्ता मुलुक जहाँ–जहाँ मानवअधिकारलार्ई सम्मान दिइएको छ त्यहाँ–त्यहाँ राजनैतिक शरण लिने क्रमममा खाँटी माओवादीपीडित कम तर यसको तत्कालीन अवसर छोपी अधिकांश नक्कली पीडितहरूले नै विभिन्न मुलुकमा एसाइलमबाट कानुनी कागजको बाटो समाते । यो हामी सबैले बुझेका छौँ र घामजस्तै छर्लङ्ग छ यो ।

नक्कली माओवादीपीडितका नाममा कागजात बनाउन र नक्कली कुरा सिद्ध गर्दै सक्कली ढाकछोपका निमित्त काङ्ग्रेस बनेको देखाउनु पर्ने, डेमोक्रेट भएको प्रमाण जुटाउनु पर्ने हुँदा नेपाली काङ्ग्रेस र विदेशमा उसका जनसम्पर्क समितिका लेटरप्याडहरू यसरी भकाभक बिक्री हुन थाले कि यसबाट माओवादी कार्यकर्ताहरू नै माओवादीपीडितका नाममा काङ्ग्रेस बन्ने र काङ्ग्रेसको लेटरप्याड किनेर एसाइलम ठोक्नेहरू पनि मनग्गे छन् अमेरिक, युरोप एवम् अन्य देशमा । माओवादी कार्यकर्ता नै तँछाडमछाड गरी डेमोक्रेट र काङ्ग्रेसको भेषमा विभिन्न मुलुकमा एसाइलमको प्रिभिलेज लिनेहरूको दाँजोमा अन्य सर्वसाधारण तथा अरु दलका कार्यकर्ता यस मामलामा गौण बने भन्दा भयो । काङ्ग्रेसको लेटरहेड र जनसम्पर्क समितिका लेटरहेडबाट नक्कली काङ्ग्रेसका नाममा राजनैतिक शरण प्राप्त गर्ने भर्याङ बन्यो र धेरैका केसहरू अझै पेन्डिङमा छन् अमेरिकी अदालत, होमल्यान्ड सेक्युरिटीमा र सुन्दैछु– अन्य मुलुकमा पनि यस्ता प्रकृतिका केसहरू अझै पेन्डिङमै छन् र भ्याएसम्म या पाएसम्म अझै यो जारी छ भलै नेपालमा राजनैतिक समस्या र माओवादी समस्या छैनन् तत्कालका लागि ।

अमेरिकामा केही वर्षयता केही एसाइलम निवेदनकारीहरूको माओवादी समस्याका कारण मागिएको राजनैतिक शरण नेपालमा तत्काल माओवादी समस्या नभएको र आफ्नै मुलुकमा फिर्तीका लागि सुरक्षित वातावरण भएको कारण देखाइ उक्त निवेदनहरूलार्ई अस्वीकृत गरिएका र डिपोर्टेसन गरिएका घटनाहरू ताजै छन् ।

माओवादीपीडितका नाममा कागजात बनाउन र नक्कली कुरा सिद्ध गर्दै सक्कली ढाकछोपका निमित्त काङ्ग्रेस बनेको देखाउनु पर्ने, डेमोक्रेट भएको प्रमाण जुटाउनु पर्ने हुँदा नेपाली काङ्ग्रेस र विदेशमा उसका जनसम्पर्क समितिका लेटरप्याडहरू यसरी भकाभक बिक्री हुन थाले कि यसबाट माओवादी कार्यकर्ताहरू नै माओवादीपीडितका नाममा काङ्ग्रेस बन्ने र काङ्ग्रेसको लेटरप्याड किनेर एसाइलम ठोक्नेहरू पनि मनग्गे छन् अमेरिक, युरोप एवम् अन्य देशमा ।

माओवादी आतङ्कका कारण विदेशमा बस्ने नेपालीहरूलार्ई स्वदेशको कानुनी कागज प्राप्त गर्ने, जसबाट पिआर अर्थात ग्रिन कार्ड र अन्त्यमा नागरिक बन्ने बाटो खुल्यो अनि यो मार्ग समाउने हजारौँ हजार प्रवासीहरू जो आफू र आफ्ना परिवारका सदस्यलार्ई विदेश भित्र्याउने सहज बाटो बन्यो माओवादी युद्ध । र, जसका कारण नेपालबाट मानिस माइग्रेट हुँदै गए । यसको मारमा पर्ने, खाँटी पीडित वा दुःखीहरू चाहिँ उतै नेपालमा संघर्ष गर्दै बाँचिरहेका छन् । यसरी अधिकंश नक्कली र समयको उपयोग गरी अनुचित लाभ प्राप्त गर्नेहरू नै मनग्गे भए प्रवासमा । यो पनि ठिकै छ, जसबाट मानिसले आफ्नो जीवनस्तर र जिवीकोपार्जनका लागि अवसरको सदुपयोग गरे, जुन–जुन मुलुकमा कानुनी र राजनैतिक रुपमा अन्य मुलुकका राजनैतिक शरणार्थीहरूलार्ई शरण दिने प्रावधान छ । तर, सोही काँधमा टेकी विदेशमा बस्ने र लाभ प्राप्त गर्ने अनि माओवादीलार्ई सराप्ने एवम गालिगलौज गर्ने तर्कहरू न्यायिक र समयसापेक्ष हुन सक्दैन । तर यो भनाईको तात्पर्य माओवादीका कारण पीडा भोग्ने वास्तविक पीडितहरूको पीडा, चिन्ता, चासो, अधिकार र आवाजलाई नजरअन्दा गर्न खोजिएको होइन । उनीहरू युद्ध अपराधका नाइके बाबुराम र पुकदाहरूलाई आफ्ना पीडा अभिब्यक्त गर्ने अधिकार हरदम राख्दछन् ।

बाबुरामहरू आततायी र युद्धअपराधी नै हुन् जसको जति भत्र्सना गरे पनि कमै हुनेछ, भलै शान्ति सम्झौतामा किन नआउन् । मुलुकको शान्ति, राजनैतिक स्थिरता, मुलुकको आर्थिक विकास एवम् दीगो विकास दशकौँ वर्ष पछि परे र मुलुकको सार्वभौम र राजनैतिक चयन लुटियो र लुटिँदै छन् दिनदिनै, र माओवादीहरूको युद्ध अपराध नै थियो यसको कारणचाहिँ ।

शान्ति सम्झौताले एउटा राजनैतिक सेफ ल्यान्डिङ ल्यायो र त्यही टेकोमा टेकेर बाबुरामहरू मुलुकको सांसद, मन्त्री र प्रधानमन्त्रीसम्म बने । सांसद, मन्त्री र प्रधानमन्त्री भनी मुलुक र दुनियाँले आत्मसात गरिसकेपछि तिनै विगतलाई हेरेर विदेश आएका बेला कालो झन्डा देखाउने, अत्यन्त लज्जा र तल्लो स्तरका शब्दसहितका नारा उठान गर्न प्रवासमा बसेका जो राजनैतिक र चेतनाको स्तर बुझ्ने हैसियत राख्दछ तिनले यस्ता हर्कत गर्न सुहाउँदैन । लिखितम रुपमा उनलाई सभ्य ढङ्गले विरोधपत्र दिन सकिन्थ्यो जसबाट उनलाई युद्धअपराधको महशुस हुन सकोस् ।

बाबुराम अहिले कम्युनिष्ट होइनन् । १७ हजारमध्ये १४ हजार काङ्ग्रेसीको ज्यान वा प्राणपखेरु उडाउने, फुजेलका बालकको ज्यान उडाइदिने बाबुराम अहिले कम्युनिष्टबाट मुलुक उँभो लाग्दैन भन्ने विचार बोकेर हिँडेका एक्ला पुर्वकम्युनिष्ट हुन्, जसलाई काङ्ग्रेसको कार्यकर्ता र दलले राजनैतिक मतका साथ उद्दार गरिदियो, राजनैतिक साख बचाइदियो ।

बाबुराम अहिले कम्युनिष्ट होइनन् । १७ हजारमध्ये १४ हजार काङ्ग्रेसीको ज्यान वा प्राणपखेरु उडाउने, फुजेलका बालकको ज्यान उडाइदिने बाबुराम अहिले कम्युनिष्टबाट मुलुक उँभो लाग्दैन भन्ने विचार बोकेर हिँडेका एक्ला पुर्वकम्युनिष्ट हुन्, जसलाई काङ्ग्रेसको कार्यकर्ता र दलले राजनैतिक मतका साथ उद्दार गरिदियो, राजनैतिक साख बचाइदियो । यस मानेमा अहिले कुनै दलसाग उनको सामिप्यता र निकटता छ भने त्यो नेपाली काङ्ग्रेस नै हो जो प्रजातन्त्रमा विश्वास राख्दछ र आफ्ना शत्रु एवम् विचारविरोधि बाबुराम, नेपाली काङ्ग्रेसको मतबाट प्रजातन्त्रमा विश्वास राख्दछु भन्ने बाबुरामहरूलाई राजनैतिक शरण दिने नेपाली काङ्ग्रेसको अघोषित सासद पनि हुन् । तिनैलाई हामी बुझेका मानिस त्यति साह्रै असहिष्णु पनि नबनौँ उत्तेजनामा । शिष्टता, धैर्यता, परिपक्वता कायम राखौँ र विरोधको सम्मानित प्रक्रियाको अवलम्बन गरौँ ।

उक्त विरोधले अहिले प्रवासीहरूलाई गालिगलौज गर्ने, यतिसम्म कि माओवादीका झुण्ड एवम् हण्डी खानेहरूले अमेरिकामा बसेका सबै नेपाली प्रवासीहरूलाई क्रिस्चियनको चर्पी सोहोर्ने भगौडाका संज्ञा दिने उत्तेजक अभिब्यक्तिकारहरूलाई लज्जा र अपशब्द बोल्ने स्थान दियौँ हामिले ।

श्रमको सम्मान गर्ने अमेरिकामा नेपालीहरू पनि श्रमको सम्मान गर्दछन् र रोजिरोटीका लागि चर्पी सोहोर्दैनन् । त्यस्तो निन्दनीय शब्द ओकल्नेहरूलाई अवगत गराउन चाहन्छु कि अमेरिकामा हज्जारौँ नेपाली तिनै क्रिस्चियन जसलाई भुइँ पुस्ने, चर्पी सोहोर्ने र सरसफाई गराउने श्रम दिएर आर्थिक सफलता प्राप्त गरिरहेका छन् । हामी तिनै क्रिश्चियनहरूलाई काम दिन्छौँ अमेरिकामा, बुझौँ है पूर्वाग्रही मित्रहरू । हाम्रा छोराछोरी पढ्ने कलेजहरू सपनामा छैनन् विपनामै अध्ययन गरिरहेका छन् विश्वकै उच्च अमेरिकन विश्वविद्यालयहरूमा, अनि अमेरिकी समाजमा उच्च अङ्क ल्याउने हाम्रै नेपाली छोराछोरी पनि छन् । अमेरिकनको रोजिरोटी मात्रै होइन यहाँहरू जस्ता मित्रहरूले पिउने बियरको पहँुच बढाइदिने प्रवासमै रहेका नेपालीहरू हुन् भन्दा भयो । किनभने बियरको चुस्कीमा रेमिटेन्सको ब्लड भिजेको छ ।

पङ्क्तिकारको आग्रह के हो भने हाम्रो प्रस्तुति, उपस्थिति र ब्यबहारले प्रवासीहरूलाई हेर्ने नजर अडेको हुन्छ । नसिकेका, नजानेका, जान्न चाहने र हाम्रो सिप, ज्ञान, स्रोत साधन, प्रविधि र क्षमताको सम्मान गर्ने समाज र समुदायको खोजी गर्नुपर्छ हामीले । अरु रुख चढे तर म धुरी चढ्नु पर्दछ भन्ने मृगतृष्णा र आत्मरतिमा बाँच्न हुन्न भन्ने लाग्दछ । प्रवासीहरूको सम्मान र स्थानको पहिचान तथा क्षमताको कदर गर्ने समाज र समुदाय र मातृभूमिप्रति हाम्रो उच्च सम्मान र मनहरू उत्तिकै हुरुक्क छन्, तर भगौडाको रुपमा, क्रिश्चियनको चर्पी पुस्ने रुपमा हेय र गलत नजरले प्रवास र मातृभूमिको सम्बन्धको पाइपलाइन जोडिँदैन पनि ।