बालमैत्री स्थानीय शासन घोषणा गर्ने ‘गोदावरी नपा’को तयारी

बालमैत्री स्थानीय शासन घोषणा गर्ने ‘गोदावरी नपा’को तयारी


कोही पनि विद्यालय जाने उमेर समुहका बालवालिकाहरू विद्यालय बाहिर नरहेको प्रतिवेदनको सार्वजनिक गर्दै ललितपुरको गोदावरी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी आधारभूत तहको शिक्षा सुनिश्चित भएको घोषणा गरेको छ ।

जिल्ला समन्वय समितिका संयोजक अम्बरबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम सञ्चालनको क्रममा नगर शिक्षा अधिकृत देविलाल बिष्टले सम्पुर्ण सरोकारवालालाई धन्यवाद दिँदै आगामी दिनमा निरन्तरता र दीगोपनाको लागि चुनौती रहेको र यसमा सबैको साथ आवश्यक रहेको बताए ।

शिक्षा विकासका तथा समन्वय एकाई ललितपुरका एकाइप्रमुख गुणराज पोखरेलले अब सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने क्षमता रहेकोले जनमानसमा विश्वास दिलाउन सक्ने वातावरण बनाउन सामुदायिक विद्यालयका प्रद्यानाध्यापकहरूलाई आग्रह गरे । उनले ललितपुरकै आधारभूत तहको शिक्षा सुनिश्चित पहिलो नगरपालिका घोषणा भएकोमा बधाई समेत समेत दिए ।

समाज समृद्धिको लागि सामाजिक विकासले दुरगामी प्रभाव पार्ने भन्दै शिक्षा, स्वास्थ्यजस्ता महत्वपुर्ण विषयमा नगरपालिकामा धेरै कार्यक्रम रहेको जानकारी उनले गराए ।

शिक्षाबाट कुनै पनि बालबालिका बञ्चित हुनुनपर्ने र नगरको विकट क्षेत्रमा आफैं अनुगमन र भ्रमण गदै भर्ना अभियानको नतिजाले घोषणा गर्न सफल भएको ंनगर उपप्रमुख मुना अधिकारीले बताइन् भने कुनै पनि विद्यालयमा अब विभिन्न राजनीतिक या दलीय गुटको आधारमा नभई विद्यार्थीको भविष्यमा चिन्तित रहन नगरप्रमुख गजेन्द्र महर्जनले निर्देशन दिए ।

सो कार्यव्रmममा नगरमा स्थायी बसोबास गर्ने विद्यावारिधि गरेका ब्यक्तिलगायत शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तित्व र सहयोग गर्ने विभिन्न गैरसरकारी संस्थालाई सम्मानसमेत गरिएको थियो ।

घोषणासम्म आइपुग्न सञ्चालन गरेका कार्यक्रम, अभियान, विभिन्न पहल र कदमको असल अभ्यासलाई समेटेर भिडियो वृत्तचित्र समेत निर्माण गरिएको छ । एकीकृत शैक्षिक क्यालेण्डर लागु भएको उक्त नगरपालिकामा आगामी दिनमा आधारभूत तहको शिक्षाको दीगोपना र निरन्तरताका लागि प्रतिबद्धता जाहेर गर्दै २०७५ चैत्रभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्नेे लक्ष्य रहेको छ ।