पूर्व कामु आइजीपीको अवकास

पूर्व कामु आइजीपीको अवकास


प्रहरी संगठनलाई राजनीतिले लथालिङ्ग पारेको परिवेशमा काकताली परेर कामु आइजीपीसम्म बनेका नेपाल प्रहरी अस्पतालका प्रमुख डा. दिनेशचन्द्र पोखरेल सेवानिवृत्त भएका छन् । आज आइतबारदेखि अवकास पाएका उनी ५८ वर्षे उमेर हदका कारण सेवानिवृत्त भएका हुन् ।

आइजीपीका स्वाभाविक दाबेदार नवराज सिलवालमाथि राजनीतिकरण भएपछि सिलवाल र तत्कालीन अर्का डिआइजी जयबहादुर चन्दबीच अस्वस्थ प्रतिष्पर्धा हुँदा प्राविधिकतर्फका डा. पोखरेललाई कायम मुकायम प्रहरी महानिरीक्षक हुने अवसर मिलेको थियो । पछि सर्वेन्द्र खनाल आइजीपी नियुक्त भएपछि उनी आफ्नै काममा फर्केका थिए ।

प्रहरी निरीक्षक ओहदाबाट प्रहरी अस्पतालमा प्रवेश गरेका र लामो समयसम्म प्रहरी अस्पतालमा सेवा गरेका पोखरेललाई आइतबार आयोजित विषेश समारोहबीच नेपाल प्रहरीको एउटा टुकुडीले अन्तिम विदाई सलामी दिएको थियो ।