म्यानमारमा जेल तोडेर ४१ कैदी फरार

म्यानमारमा जेल तोडेर ४१ कैदी फरार


म्यानमारको एउटा जेलमा रहेका ४१ कैदी आइतबार (आज) जेल तोडेर भागेका छन् ।

आइतबार बिहान कारेन राज्यको हा–आन कारागारका कैदीहरूले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार कैदीहरूको आक्रमणबाट जेलर घाइते भएका थिए । कैदीहरू सोही ट्रक लिएर फरार भएका हुन् ।

कारेन राज्यका प्रहरी प्रमुख औङ म्याट मोइले जेलबाट ४१ जना कैदी भागेको जानकारी दिए । तीनजनालाई भने पुनः पक्राउ गर्न सफल भएको पनि उनले बताए ।

आक्रमण भएको जेलमा झन्डै दुई हजार कैदी रहेका छन् ।