मिलन र निशान सिड्नीमा गुञ्जँदै

मिलन र निशान सिड्नीमा गुञ्जँदै



– राजन घिमिरे, अष्ट्रेलिया

मिलन अमात्य मूलतः आधुनिक गीत गायिका हुन । तर, पछिल्लो समय यिनलाई नेपाली चलचित्रमा गाइएका गीतले स्थापित गरायो । उनी नेपालको गायन क्षेत्रमा यतिबेला गिनेचुनेकी गायिकामा पर्छिन् ।

यस्तै, निशान भट्टराई चाहिँ नेपाल आइडियलबाट गायन क्षेत्रमा चिनिएका युवा हुन् ।

यसरी गायन क्षेत्रमा आ–आफ्नै किसिमबाट मान र शान हात पारेका मिलन र निशान एकसाथ अष्ट्रेलियाको सिड्नीमा गुन्जने भएका छन् । मिलन र निशानको साथमा सिड्नीमा बस्दै आएका गायक समीर आचार्य, रमण रेग्मी र रीना अधिकारीले पनि गीत प्रस्तुत गर्ने भएका छन् ।

कार्यक्रम २२ सेप्टेम्बरका दिन सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा आयोजना हुने छ ।

रूपन्देही सामाजिक सन्जालले आफनो सस्थाको उद्देश्यअनुसार नै हरेक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आएको र यो कार्यक्रम पनि त्यसैको अर्को प्रस्तुति रहेको जानकारी सन्जालका अध्यक्ष कृष्ण गैरेले बताए । मनोरन्जन कार्यक्रम संयोजक तथा गायक ईश्वर पोखरेल अबिरलले कार्यक्रम मनोरन्जनात्मक हुनुका साथै सामाजिक सन्देश प्रवाह गर्ने र अर्थपूर्ण हुने जानकारी दिए ।