तस्बिरमा नाडा अटो शो

तस्बिरमा नाडा अटो शो


२०५५ सालदेखि शुरु भएको नाडा अटो शो यस वर्ष पनि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सञ्चालन भइरहेको छ । भदौ २६ देखि शुरु भएको ६ दिवसीय १३औँ नाडा अटो शो विद्युतीय सवारीमा केन्द्रित छ भने साढे दुई करोडको जीपले बजारमा नयाँ चर्चा थपेको छ । शोमा चारपांग्रे र दुई पांग्रे गरी ७१ कम्पनीका १ सय ३४ वटा स्टल रहेका छन् ।

सवारी साधनसँग सम्बन्धित स्पेयर पार्ट्स, लुब्रिकेन्टस र टायरलगायतका सामग्री पनि प्रदर्शनीमा राखिएका छन् । शोमा हरेक दिनजस्तो यातायातसँग सम्बन्धित विविध विषयमा अन्तरक्रिया कार्यक्रम पनि चलिरहेको छ ।

हेरौँ १३औँ नाडा अटो शोमा प्रदर्शनीलाई आकर्षक तुल्याउन खटिरहेका नेपाली मोडलहरुका सौन्दर्यको भिन्न भिन्न रुप तस्बिरमा-

(सबै तस्बिर : प्रवीण श्रेष्ठ)