खोजतलासका राजु साधारण तारेखमा रिहा

खोजतलासका राजु साधारण तारेखमा रिहा


खोजतलास साप्ताहिक तथा खोजतलासन्युजडटकमका प्रधानसम्पादक राजु बस्नेत साधारण तारेखमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले पत्रकार बस्नेतलाई रिहा गर्न आज (शुक्रबार) आदेश दिएपछि उनी रिहा भएका हुन् ।

पत्रकार बस्नेतलाई महानगरीय प्रहरी परिसर जावलाखेलले विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान गर्न भन्दै आइतबार पक्राउ गरेको थियो ।

उनलाई ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने शीर्षक राखेर दृष्टिन्यूज डटकममा प्रकाशित समाचार आफ्नो पत्रिका तथा अनलाइनमा सेयर गरेको भन्दै सुशील खनालले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको थियो ।

पत्रकार बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले भदौ २४ गते आइतबार आदेश दिएको थियो । रिहा भएपछि आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको पत्रकार बस्नेतले बताएका छन् ।