भारतमा सडक दुर्घटनामा १५ को मृत्यु, १९ घाइते

भारतमा सडक दुर्घटनामा १५ को मृत्यु, १९ घाइते


भारतको कस्मिर राज्यमा शुक्रबार भएको मिनीबस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।

पहाडी चिप्लो बाटोमा यात्रुहरू लिएर गइरहेको मिनीबस गहिरो खोचमा झरेको प्रहरीले जनाएको छ ।

प्रान्तीय राजधानी श्रीनगरबाट २१७ किलोमिटर दक्षिणको किसत्वार जिल्लामा सो दुर्घटना भएको थियो । घटनास्थलबाट १५ जनाको शव निकालिएको र १९ जानलाई घाइते अवस्थामा अस्पताल लगिएको उपप्रहरी निरीक्षक अंग्रेज सिंह रानाले जानकारी दिए ।

प्रहरीको एक समूह र विपद् नियन्त्रण बलका सदस्यहरू उद्धारमा खटिएका थिए । दुर्घटनाको कारण तत्काल प्रस्ट नभएको र अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।