गृहमन्त्री भन्छन्– पन्तको हत्यारा केही समयभित्रै पत्ता लाग्छ

गृहमन्त्री भन्छन्– पन्तको हत्यारा केही समयभित्रै पत्ता लाग्छ


गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताएका छन् । पन्तको हत्याका विषयमा राष्ट्रिय सभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री थापाले दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या गरिएको थियो । पन्तको कसले बलात्कार गरी हत्या ग¥यो भन्ने विषयमा सरकारले अपराधी पत्ता लगाउन उच्चस्तरीय छानबिन टोली गठन गरे पनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

आजै गृहमन्त्री थापाले जनआन्दोलनका घाइते, पत्रकार राजु बस्नेतलाई पक्राउ गर्नुपर्ने कारण, जिल्ला प्रहरी कार्यालय बर्दियामा मृत्यु भएका राममनोहर यादवको मृत्यु र रोल्पा घटनाका विषयमा जानकारी दिए । गृहमन्त्री थापाले प्राकृतिक प्रकोपका कारण देशका विभिन्न जिल्लामा भएको धनजनको क्षतिको विवरण पनि दिए ।