लडाकु विमान र क्षेप्यास्त्र किन्न दक्षिण कोरियालाई अमेरिकीको स्वीकृति

लडाकु विमान र क्षेप्यास्त्र किन्न दक्षिण कोरियालाई अमेरिकीको स्वीकृति


संयुक्त राज्य अमेरिकाले बिहीबार दक्षिण कोरियालाई बिक्री गर्न लागेको दुई अर्ब ६० करोड डलरमा नयाँ लडाकु विमान र क्षेप्यास्त्र बिक्रीलाई स्वीकृति प्रदान गरेको छ ।

प्रतिसुरक्षा सहयोग एजेन्सीले एक वक्तव्यमा दक्षिण कोरियालाई ६ वटा पोसिडान नामक लडाकु विमान दुई अर्ब १० करोड डलरमा बिक्री गर्न लागिएको जनाएको छ । साथै, करिब ५० करोड १० लाख मूल्यमा ६४ वटा प्याट्रिओट क्षेप्यास्त्र र त्यससँग सम्बन्धित अन्य उपकरण बिक्री गर्न स्वीकृति दिइएको छ ।

अमेरिकी कंग्र्रेसले उक्त सौदाबाजीमा विमति जनाउन वा रद्द गर्न सक्छ, तर सिओल र वासिंगटनबीचको प्रगाढ सम्बन्धका कारण यस सम्झौतामा कुनै परिवर्तन हुने सम्भावना छैन ।

पी–८ए सिरिजको बोइङले निर्माण गरेका यी लडाकु जहाजहरू खासगरी जासुसी र हवाई प्रत्याक्रमणमा प्रयोग हुनेछन् ।

उत्तर कोरिया र अमेरिकाबीच वार्ताको सिलसिला जारी रहेकै अवस्थामा हुन लागेको यो सौदाबाजीले उत्तर कोरियामाथि दबाब सिर्जना गर्ने अनुमान गरिएको छ ।