नक्कली नोट बिगबिगीपछि सतर्कता अपनाउन प्रजिअको निर्देशन

नक्कली नोट बिगबिगीपछि सतर्कता अपनाउन प्रजिअको निर्देशन


गोरखामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई कार्यकक्षमा बोलाएर अनिवार्य रूपमा नक्कली नोटको पहिचान गर्न सक्ने खालका मेसिनको प्रयोग गर्न निर्देशन दिए । यहाँको प्राइम बैैंक र सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थामा गत साता एक हजारका तीन नक्कली नोट फेला परेपछि प्रजिअ भट्टराईले सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

‘गोरखा र लमजुङमा भेटिएको नक्कली नोेटको नम्बर एउटै भएको जानकारीमा आएको छ,’ प्रजिअ भट्टराईले भने । सूचना लुकाएर राख्दा आपराधिक गतिविधि बढ्न सक्ने भएकाले समयमै खबर गर्न प्रजिअ भट्टराईले बैंकलाई निर्देशन दिएका छन् ।