एलए पौडीमा ६० विद्यालयले प्रतिस्पर्धा गर्ने

एलए पौडीमा ६० विद्यालयले प्रतिस्पर्धा गर्ने


लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा १७औँ एलए कप अन्तरविद्यालय पौडी प्रतियोगिता भदौ ३० गते शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ६० विद्यालयका करिब तीन सय खेलाडीको सहभागिता रहने एलएका ईसीए इन्चार्ज विजयप्रकाश महर्जनले जानकारी गराएका छन् । नेपालगन्जबाट पनि टिम सहभागी हुनेछ ।

प्रतियोगितामा ब्वाइज तथा गल्र्समा समान २५–२५ गरी जम्मा ५० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरू हात्तीवनस्थित एलएकै पौडीपोखरीमा हुनेछ । गत संस्करणको उपाधि लिंकन स्कुलले जितेको थियो ।