एसपी विष्ट, किरण र आयुषको डिएनए परीक्षण सुरु

एसपी विष्ट, किरण र आयुषको डिएनए परीक्षण सुरु


१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुुुन्धानमा हेलचेक्र्याइँ गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित घटनामा संलग्न भएका अन्य २ जनाको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्तीसहितको टोलीले निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरु गरेको हो ।

यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डिएनए परीक्षण गर्दा घटनामा संलग्न नरहेको पाइएपछि सामान्य तारेखमा मंगलबार रिहा गरिएको थियो । विष्टसँगै घटनामा संलग्न रहेको आशंकामा गिरफ्तार गरिएका रोसनी बमलाई सामान्य तारेखमा तथा बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको थियो ।