सङ्घीयताको विरोध नगर्न दश करोडको प्रलोभन !

सङ्घीयताको विरोध नगर्न दश करोडको प्रलोभन !


नेपालमा सङ्घीयता अफाप हुने, देशले सङ्घीयता धान्नै नसक्ने धारणा प्रस्तुत गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताको विरोध नगर्नका लागि आफूलाई कुनैबेला दश करोडको प्रलोभन दिइएको खुलासा गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बाबु नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा आफ्ना अभिव्यक्ति दिने क्रममा नेता केसीले यस्तो सनसनीपूर्ण खुलासाा गरेका हुन् । संघीयताको विरोध नगर्न त्यसरी रकमको प्रलोभन दिने पात्र को हुन् भन्ने खुलासा नगरे पनि घुमाउरो ढंगले उनले आज शासन सत्तामा रहेका शक्तिहरुतिरै इंगित गरे ।

तत्कालीन समयमा देखाइएको १० करोडको लोभको वास्ता नगरी आफूले संघीयताले नेपालको हित नहुने अडान राखेको र आज आफ्नो उक्त धारणा व्यवहारमा चरितार्थ हुन थालेको जिकिर उनले गरे ।

आफूलाई त्यतिबेला लोभ देखाउनेहरु अहिले पश्चाताप गर्दै छन् भन्ने दाबी गर्दै अध्यक्ष केसीले केन्द्रिकृत शासन व्यवस्था नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा जनतालाई अधिकार दिएर शासन गर्न सकिने आफ्नो पार्टीको धारणा रहेको बताए ।