दोहोरो अंकले नेप्से बढ्दा कारोबार रकम पनि वृद्धि

दोहोरो अंकले नेप्से बढ्दा कारोबार रकम पनि वृद्धि


साताको अन्तिम कारोबारको दिन आज पनि सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ बिन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४.१३ बिन्दुले बढेर एक हजार २४४.८४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ बिन्दुले बढेर २६४.२७ बिन्दुमा पुगेको छ । आज कारोबार रकममा समेत वृद्धि भएको छ ।

कुल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता सेयर रु. ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरिद–बिक्री भएको छ । आज तीन उपसमूहको सेयर मूल्य भने घटेको छ । निर्जीवन बिमा ४१.४१, माइक्रोफाइनान्स ०.६९ र जीवन बिमा ११.१८ बिन्दुले घट्दा बैंकिङ १६.२, होटेल ३२.१९, विकास बैंक ११.२७, जलविद्युत ४.५३, फाइनान्स २.२, उत्पादन २.०६ र अन्य उपसमूह २२.२९ बिन्दुले वृद्धि भएको छ ।