एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स सम्झौता

एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स सम्झौता


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.बीचमार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री गरिने बैंकले जनाएको छ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.का तर्फवाट प्रमुख कार्यकारी अधिकृत बीके महर्जनले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।