नयाँ आइफोन एक्सएस म्याक्स सार्वजनिक

5 Shares

अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकैपटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्वाधिक महँगा आइफोन बजारमा ल्याएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरेका हुन् । यसलाई अमेरिकी बजारमा ११०० डलर (करिब रु. १ लाख २६ हजार) पर्दछ । यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ ।

म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ, तर स्क्रिनको आकार केही ठूलो छ । कम्पनीका अनुसार उपभोक्ताले आइफोनका स्क्रिनहरू साना भएकाले फोटो र भिडियो खिच्न अप्ठ्यारो भएको गुनासो गर्दै आएका थिए ।

एप्पलले बुधबार नै आइफोन एक्सआर मोडेल सार्वजनिक गरेको छ । अक्टोबर २६ बाट बजारमा आउने यसको मूल्य करिब ७५० अमेरिकी डलर छ ।

5 Shares

प्रतिक्रिया