‘एएफसी ड्रिम अवार्ड’ बाट खुस्बु ओली सम्मानित

‘एएफसी ड्रिम अवार्ड’ बाट खुस्बु ओली सम्मानित


एसियन फुटबल फेडेरेसन (एएफसी)ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड २०१८ प्रदान गरेको छ । भदौ २७गते बुधबार मलेसियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्व अन्तर्गतको सम्मेलनको भव्य समारोहकाबीच खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको हो ।

एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–गभर्नमेन्ट अर्गानाइजेसन र व्यक्तिगततर्फ यो अवार्ड प्रदान गर्दै आइरहेको छ । एएफसीले समाजप्रति उदाहरणीय कार्य गर्दै आएका व्यक्तिलाई प्रदान गर्ने गरेको छ । खुस्बुलाई भने एएफसीले व्यक्तिगत विधाअन्तर्गत अवार्ड प्रदान गरेको हो । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि खुस्बुलाई उक्त अवार्डका लागि एएफसी समक्ष सिफारिस गरेको थियो ।
सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुस्बुलाई एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एलहर्बीले अवार्ड प्रदान गरेका थिए । खुस्बुलाई अवार्डसँगै नगद १० हजार अमेरिकी डलरसमेत प्रदान गरिएको थियो । उनलाई नेपालका विभिन्न भुभागमा गरेको योगदानका लागिनगद सम्मान गरिएको हो ।


खुस्बुले युनाईटेड नेसन्स सस्टेनेबल गोलअन्तर्गत रहेर पछिल्लो समय नेपालको पूर्वी क्षेत्रमा ५ नमुना गाउँनिर्माण गरिसकेकी छन् । अवार्डपछि खुस्बुले गरिब समुदायमा व्यक्तिगत दक्षतामा विकास गरि समग्र गाउँको शसक्तिकरणका लागि आफूलाई थप उत्प्रेरणा मिलेका बताइन् । खुस्बुले सम्मेलनमा सामाजिक समावेश र स्वास्थ्य विषयमा समेत धारणा राखेकी थिइन् । ‘विषेशगरी महिलाहरुका लागि अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोग र ऋणको माध्यमबाट आत्मनिर्भरका कार्यक्रमहरु अगाडि बढाइरहेका छौँ । जसमा ३५० महिला विभिन्न तालिम, ५०८ महिला विभिन्न कार्यक्रम र १२ सय महिला तालिमकै मार्पmत व्यक्तिगत आयआर्जनका कार्यक्रममा सहभागी छन् ।’

त्यस्तै, सेल्टर नेपालकी अध्यक्ष खुस्बुले १ हजार सडक बालबालिकालाई फुटबलको माध्यमबाट विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन् । केही समय अगाडि मात्र सेल्टरको व्यवस्थापनमा सडक बालबालिकाको राष्ट्रिय फुटबल टिम तयारगरि रुसमा सम्पन्न विश्वकपका दौरान स्ट्रीट चाइल्ड वल्र्डकपमा समेत सहभागी गराइएको थियो । संस्थाले अन्य विभिन्न खेलका माध्यमबाट सडक बालबालिकाको संरक्षण गर्दै आइरहेको छ ।